संसद्

राजनीतिक दवावका कारण विद्यालयहरू मर्ज गर्न कठिन : मन्त्री श्रेष्ठ

इकागज |
बैशाख २७, २०८१ बिहीबार १७:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइसकेको बताएकी छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले पालिकामा शिक्षक र विद्यार्थी अनुपातको तथ्याङ्कका आधारमा अनुपात मिलाउने काम सुरु भइसकेको बताएकी हुन् । 


उनले विद्यार्थी  कम भएका सामुदायिक विद्यालयहरूलाई मर्ज गर्न सकिने भएपनि राजनीतिक दवावका कारण मर्ज गर्न कठिन भइरहेको प्रतिक्रिया आएको जिकिर गरिन् । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य छनौटको काम सकिएको भन्दै छिटै प्रधानमन्त्रीलाई बुझाउने उनले बताइन् । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्ने पहल गरिरहेको पनि धारणा राखिन् । 

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयलाई सुधार गर्न शैक्षिक क्यालेण्डरका आधारमा परीक्षा र नतिजा सार्वजनिक गर्ने योजनामा रहेको बताए । उनले विश्वविद्यालयमा दलका भातृ संगठनको गतिविधिले काम कारवाहीमा असर पर्ने गरेको भन्दै अव शैक्षिक संस्थामा भातृ संगठन परिचालन गर्ने बिषयमा दलहरुले सोच्न जरुरी रहेको उल्लेख गरे । 

उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारका नियुक्त गर्दा मनोबल गिर्ने देखिएको भन्दै यसमा पनि दलहरूले पुनर्विचार गर्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x