संसद्

संसद्‌को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

इकागज |
जेठ २, २०८१ बुधबार १०:९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा संसद्‌को अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।


मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद्‌ अवरुद्ध गर्दै आएको छ ।


Author

थप समाचार
x