संसद्

संसदमा बोल्न नपाएपछि गृहमन्त्री लामिछानेले भनेः यति घिन लाग्दो मिडिया ट्रायल

इकागज |
जेठ ३, २०८१ बिहीबार १६:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने माग गरेका छन् । उनले बिहीबार नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि एक पटक बोल्न पाउनु पर्ने माग राखेका हुन् ।

उनले भनेका छन्,’एक पटक बोल्न पाउनु पर्यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ?'


संसदीय समिति छानबिन गर्नुपर्छ भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुसिए पछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको छ ।


Author

थप समाचार
x