संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची

इकागज |
जेठ ७, २०८१ सोमबार ७:२६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज  बस्दै छ ।  संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउँसो १ बजे बस्दैछ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।


सहकारी ठगी प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने रहेको छ ।
   


Author

थप समाचार
x