संसद्

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले

इकागज |
असार २, २०८१ आइतबार १३:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौतीपूर्ण रहेको बताएका हुन् ।


मन्त्रालयगत छलफलमा भाग लिँदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले जलाशय आयोजनामा ध्यान केन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत्‌ उत्पादनको सन्तुलन नमिलेको बताए ।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताए । 

डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


Author

थप समाचार
x