संसद्

बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग

इकागज |
असार ४, २०८१ मंगलबार १३:३७ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगायतका क्षेत्रमा अरवौँ बजेट विनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । 


प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका विषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गरे । 

उनले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिए । 


Author

थप समाचार
x