संसद्

न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गर्न माग

इकागज |
चैत १८, २०८० आइतबार १३:१ बजे

फाइल तस्बिर

काठमाडौँ - सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताए । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सिंहले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उनले आरोप लगाए । 


 न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गरे । 

उनले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनले बताए । 


Author

थप समाचार
x