संसद्

सबै कवाडी मेयर बालेनको घर अगाडि थुपारिदिनु : सांसद सिंह

इकागज |
असार ५, २०८१ बुधबार १३:६ बजे

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी काठमाडौँ महानगरपालिकाको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपार्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपार्न आग्रह गरेका हुन् ।


उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् ।

उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए । 

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।


Author

थप समाचार
x