संसद्

गोकुल बास्कोटाको प्रश्न : किसानलाई रुवाएर सरकार हाँसेर बस्‍न मिल्छ ?

इकागज |
असार १३, २०८१ बिहीबार १४:४१ बजे

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौं देखिएको दुग्ध किसानहरूको समस्या समाधान नभएको भन्दै उनीहरूको समस्या  दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरूको ५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए ।
दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए ।



Author

थप समाचार
x