संसद्

एसइईको नतिजाका बारेमा गम्भीर भएर समीक्षा गर्नुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

इकागज |
असार १७, २०८१ सोमबार १५:५५ बजे

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसइईको नतिजाका बारेमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले एसइईको नतिजा समाजको वास्तविक चित्रण भएको भन्दै सबैले ग्लानि महशुस गर्दै गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएकी हुन् । उनले नतिजा आइसकेको अवस्थामा सुधारको पाटोलाई प्राथमिकता दिनुपर्ने बताइन् । शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने उल्लेख गरिन् । 


शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्ने गरी काम भइरहेको उनले जानकारी दिइन् । उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको पनि बताइन् ।

त्यस्तै उनले विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । 


Author

थप समाचार
x