संसद्

आज राष्‍ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै

इकागज |
साउन २८, २०७८ बिहीबार ९:२० बजे

काठमाडौँ - आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे राष्ट्रिय सभा र १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ । राष्‍ट्रिय सभामा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्य सूची छ ।

त्‍यस्‍तै आज राष्‍ट्रिय सभामा  प्रधानमन्त्री शेरबहादुर देउवाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पनि आजको राष्‍ट्रिय सभामा प्रस्तुत हुनेछ । 


त्‍यस्‍तै आजै बस्‍ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६' सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्य सूची छ । 


 


Author

थप समाचार
x