संसद्

पुष्पकमल दाहालका भाई राष्ट्रियसभा सदस्यमा मनोनित

इकागज |
चैत २५, २०७८ शुक्रबार २०:४२ बजे

फाइल फोटो

काठमाडौँ– मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छिन् । संविधानसभा सदस्य समेत रहेका दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ हुन् । 

उनी माओवादीका केन्द्रीय सदस्य छन् । संविधानको धारा ८६ को उपधारा २ को खण्ड 'ख' बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x