दल

अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद निष्कासित

इकागज |
असार २०, २०७९ सोमबार ८:१९ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ । जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक  फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्कासन  गरेको हो ।

‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरूले गरेको क्रियाकलापमाथि कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम विधान–२०७७ को परिच्छेद–३ सदस्यता सम्बन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद–८ को अनुशासनको कारबाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


महोत्तरी–४ (क)बाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरूलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरूलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्कासन गरेको हो । स्थानिय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन् । 


Author

थप समाचार
x