दल

राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ मा

इकागज |
साउन २८, २०७९ शनिबार १४:३५ बजे

काठमाडौँ - राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ । 

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरूको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीति बारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 


करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्किदैछन् ।


Author

थप समाचार
x