दल

डम्बर खतिवडाले त्यागे नेसपा

इकागज |
साउन ३१, २०७९ मगलवार १०:२८ बजे

काठमाडौँ - डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टी परित्याग गरेका छन् । भट्टराई नेकपा माओवादीको चिह्नमा चुनाव लड्ने भएपछि खतिवडाले पार्टी परित्याग गरेका हुन् । 

उनले हालसम्मको सहकार्यका लागि भट्टराईलाई धन्यवादसमेत दिएका छन् ।


'करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब तीन वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु,' ट्वीटरमा उनले लेखेका छन्, 'आजबाट जसपा-नेसपा लफडाबाट पुर्णत:मुक्त छु। नेसपा-माओवादी एउटै चिन्ह हसियाहथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिनँ।'
 


Author

थप समाचार
x