दल

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

इकागज |
कात्तिक १४, २०७९ सोमबार १४:३२ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो । 

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । 


मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा आकर्षित गर्न उद्देश्यले १० लाखसम्म निर्ब्याजी ऋण दिने उल्लेख गरिएको छ । यसका लागि अभियान नै थाल्ने घोषणा गरिएको छ ।
 


Author

थप समाचार
x