दल

महाकाली प्रकरणमा एमालेले भन्यो- सिमानामा एकलौटी संरचना बनाउन मिल्दैन

इकागज |
मंसिर २०, २०७९ मगलवार १२:३५ बजे

काठमाडौं - नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रूपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रूपमा संरचना बनाउन नमिल्ने बताएका हुन् । 

नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रतिउनले प्रश्‍नसमेत उठाएका छन् ।  ‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’



Author

थप समाचार
x