दल

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

इकागज |
माघ १७, २०७९ मगलवार २१:८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ ।


भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।


Author

थप समाचार
x