दल

नेकपा एस देखि अन्य पार्टीसँग एकीकरणका लागि माओवादी प्रयास जारी

इकागज |
माघ २६, २०७९ बिहीबार १५:४४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्ण बहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह र धर्मेन्द्र समूह), अन्य वाम पार्टीहरू, समूह र व्यक्तिहरूसँग भइरहेको वार्ता गरिसकेको माओवादीले जनाएको छ ।


सो बारेमा हालै सम्पन्न स्थायी कमिटीमा महराले सो बारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

‘विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने र अन्य वाम पार्टी, समूह र व्यक्तिहरूसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्ने गरी वार्ता अगाडि बढिरहेको निष्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्वारा जारी परिपत्रमा भनिएको छ । 


Author

थप समाचार
x