दल

एमालेका चार नेतालाई नयाँ जिम्मेवारी तोकियो

इकागज |
माघ २६, २०७९ बिहीबार १७:४३ बजे

काठमाडौं- नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो ।


जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १ को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई गरेकाे छ ।

यसगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र धनुषा जिल्लाकाे इन्चार्जमा शिला यादवलाई दिइएकाे प्रदीप ज्ञवालीले जानकारी दिए ।


Author

थप समाचार
x