दल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन

इकागज |
चैत ६, २०७९ सोमवार १४:४५ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रश्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएका छन् । 

सोमबार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले प्रस्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए । 


उनले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गरे । उनले संसदको मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताए । अध्यक्ष ओलीले आफूहरु संसदमा प्रस्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताए । 

उनले भने, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ । एक तालमा बोलौँ । त्यो दरो हुन्छ । हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ । हामीले संसदको मर्यादा पालना गर्नुपर्छ । संसदमा अब विभिन्न विधेयकहरु आइरहेका छन् । हामी विधेयक त्रुटीरहीत बनाउन चाहन्छौँ । देशका पक्षमा बनाउन चाहन्छौँ । जनताको पक्षमा बनाउन चाहन्छौँ । लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ । त्यसकारण हामीले संशोधन पनि हाल्छौँ । संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ । हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं । कुनकुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ । कस्तो संशोधन के भन्नेकुरामा छलफल गर्नेछौँ ।’

अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गरे । 


Author

थप समाचार
x