दल

अध्यक्ष नेपाल भन्छन् : पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन

इकागज |
चैत १०, २०७९ शुक्रवार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् । उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको जिकिर गरे ।


सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । उनले देशमा ​आवश्यकताहरूको प्राथमिकीकरण गर्न नसकिएको बताए । उनले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे ।


Author

थप समाचार
x