दल

भुसाल र ज्वालालाई मन्त्री बनाउने समाजवादीको तयारी

इकागज |
चैत १२, २०७९ आइतवार १३:४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तारको तयारी गरीरहेका छन् । चैत १० गतेभित्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म विस्तार हुनेगरी तयारी थालेका हुन् ।

मन्त्रिपरिषद्‌ विस्तारका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । 


सरकारमा सहभागी हुन नेकपा एकिकृत समाजवादी पार्टी तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डसँग भेटेका समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेका थिए । अध्यक्ष नेपालको दाबीपछि प्रधानमन्त्री प्रचण्डले दुई वटा मन्त्रालय पाउने अध्यक्ष नेपाललाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँगको छलफलपछि समाजवादीलाई दुई वटा मन्त्रालय दिनेगरी खाका बनाएका छन् ।

समाजवादीले तीन वटा मन्त्रालय पाएमा बेदुराम भुसाल, प्रकाश ज्वाला र राजेन्द्र पाण्डेलाई मन्त्री बनाउने गरी तयारी गरेको छ । यदी दुई वटा मात्रै पाएमा भुसाल र ज्वाला मन्त्री हुने समाजवादीका एक नेताले इकागजलाई जानकारी दिए ।

भुसाल, ज्वाला र पाण्डे सरकारमा जाने सम्भावना बलियो भएको समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले इकागजलाई बताए । 'हाम्रा १० सांसदमध्ये उहाँहरू नै सिनियर हुनुहुन्छ' खतिवडाले इकागजसँग भने 'सिनियरमध्ये नै मन्त्री हुने हो ।'

र, यो पनि


Author

थप समाचार
x