दल

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : कांग्रेसका उपसभापति खड्का

इकागज |
चैत १२, २०७९ आइतबार १८:२७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन् । उनले गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको उल्लेख गरे । उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको जानकारी दिए ।


खड्काले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरूसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनकाे भनाइ छ । 

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे । सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाइ छ । 


Author

थप समाचार
x