दल

विनानिष्कर्ष टुंगियो १० दलीय गठबन्धनको बैठक, ३ बजे फेरि बस्‍ने

इकागज |
चैत १५, २०७९ बुधवार १२:५० बजे

काठमाडौँ - मन्त्रालयको भागबन्डा र साझा कार्यक्रम तय गर्ने गरी छलफलमा जुटेको १० दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्नेगरी विनानिष्कर्ष टुंगिएको हो । 

तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने नेताहरूले बताएका छन् । मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो । 


साना दलहरूले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।


Author

थप समाचार
x