दल

नौ दल सरकारमा सहभागी हुँदै, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

इकागज |
चैत १६, २०७९ बिहीबार ६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

आज बिहान सबै दलहरूले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । सरकारमा नौ दल सहभागी हुने भएका छन् । 


बुधबार अबेरसम्म बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो । बुधबारको बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको थियो । 

 तर, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय भने टुंग्याउन बाँकी छ । यसबारे दलहरूबीच पुन : छलफल हुने र निष्कर्षमा पुगिने श्रेष्ठले बताए ।


Author

थप समाचार
x