दल

स्वर्णिमले कांग्रेस छाडेपछि गुरु घिमिरेले भनेः राजनीति गर्ने मानक सम्पत्ति र नाता रह्यो

इकागज |
चैत १६, २०७९ बिहीबार १८:३३ बजे

काठमाडौँ- स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसमा फर्काउन गुरुराज घिमिरेले आग्रह गरेका छन् । उनले टवीटरमा लेख्दै भनेका छन,’ यसैको दृष्टान्त हो, स्वर्णिमको कांग्रेस परित्याग । कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने । स्वर्णिमलाई घर फर्काउनुहोस अन्यथा राम राम !!’

नेपाली कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रहेको घिमिरेले टिप्पणीले गरेका छन् । उनका अनुसार सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो।


वाग्लेले आज पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले लेखेका छन् ।

वाग्लेले कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।

‘अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ वाग्लेले भनेका छन्,’ पछिल्ला वर्षहरूमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ।‘

 

 

 

 

 


Author

थप समाचार
x