दल

संसद् झगडाको थलो भयो : ज्ञानेन्द्र शाही

इकागज |
चैत १७, २०७९ शुक्रबार १६:३५ बजे

गुल्मी- राप्रपाका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छन् ।

शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद् भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभइ झगडा गर्ने थलो बनेको बताएका हुन् ।


देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए । मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राज्यको निम्ति नभइ अवसरका निम्ति भएको र राजनीति घिन लाग्ने खालको भएको भएको टिप्पणी गरे ।

देशमा राजनीति अस्थिरताका कारण आर्थिक अवस्था संकटमा रहेको बताए । उनले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्बभन्दा बढी आर्थिक भार रहेको बताए ।


Author

थप समाचार
x