दल

चितवन-२ का मतदातालाई एमाले उम्मेदवारले दिए धन्यवाद

इकागज |
बैशाख १४, २०८० बिहीबार १८:४७ बजे

चितवन- चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेदवार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् ।

न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । 


उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।

न्यौपानेले निर्वाचनका क्रममा आफ्नो पार्टीले मतदाता समक्ष गरेका विभिन्न प्रतिवद्धता पूरा गर्नका लागि राज्यका निकायहरूको ध्यानाकर्षण गरेर चितवनको विकास र समृद्धिका लागि सबैसँग हातेमालो गर्दै सदैव क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


Author

थप समाचार
x