दल

बालुवाटारमा सत्तारूढ गठबन्धन दलको बैठक सुरु

इकागज |
बैशाख २०, २०८० बुधवार १६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारूढ गठबन्धन दलको बैठक सुरु भएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।


यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ ।


Author

थप समाचार
x