दल

एमाले केन्द्रीय कमिटी बैठक

१६ बुँदे प्रस्ताव : भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन हुनुपर्छ

इकागज |
बैशाख ३०, २०८० शनिबार १८:२९ बजे

काठमाडौँ- नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो । राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ । जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरूलाई रोक्नुपर्ने लगायतका रहेका गुरुङले बताए ।

बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजक गराएको गुरुङले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना पनि पारित गरेको छ ।

बैठकले भौतिक रूपमा नै उपस्थिति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए । सूचना पाएर पनि तीनपटक कुनै पनि बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाट बिदा गर्ने निर्णय भएको उनले जानकारी दिए ।


Author

थप समाचार
x