दल

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने

इकागज |
जेठ १७, २०८० बुधबार १४:१७ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार नागरिकता विधेयक प्रमाणीकरण भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी जनाएका छन् ।

उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकारण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ ।’


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपल्ट दुवै सदनबाट पारित भएकाे नागरिक विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको थिइन् । उनले अस्वीकार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उक्त विधेयक नयाँ राष्ट्रपति पौडेललाई पठाएका थिए । 


Author

थप समाचार
x