दल

पार्टी कार्यालयमा टीका लगाएर न्यायाधीश नियुक्ति गरिँदैन : उपसभापति गुरुङ

इकागज |
साउन ८, २०८० सोमबार १८:१२ बजे

काठमाडौँ– नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले कुनै पनि पार्टी कार्यालयमा गएर टीका लगाएर न्यायाधीश नियुक्ति नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जवाफ दिँदै उपसभापति गुरुङले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


‘न्यायाधीश नियुक्तिको सन्दर्भमा अलिकति ढिलो भएकै छ,’ उनले भने, ‘तर, यहाँ विश्वास गरेर मलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनाइसकेपछि मेरो प्रतिबद्धता कार्यक्षमतालाई हेरेर नियुक्ति गर्ने हो । पहिले पहिले जस्तो न्यायाधीश नियुक्ति भएपछि अमुख पार्टी कार्यालय गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति गरिँदैन ।’ 


Author

थप समाचार
x