दल

शर्माको सचिवालयले भन्यो - अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि प्रतिशोध साँध्न पक्राउ गरियो

इकागज |
साउन २५, २०८० बिहीबार २२:९ बजे

फाइल फोटो

काठमाडौं - डा. सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा उनलाई पक्राउ गरेको बताएको छ । 

शर्माको सचिवालयले आज आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।


ूसुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,' सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शर्मालाई बिहीबार सीआईबीले काठमाडौंको हातीगौडाबाट पक्राउ गरेको हो ।


Author

थप समाचार
x