दल

रास्वपाका सांसदहरूले संसद्‌ अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने

इकागज |
साउन २६, २०८० शुक्रबार १४:६ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्‌ अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने भएको छ । शुक्रबार राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने भन्दै सभापति रवि लामिछाने नेतृत्व सांसदहरूले सभामुख देवराज घिमिरेलाई पत्र बुझाएका छन् ।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत् प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ’ रास्वपाले सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।



Author

थप समाचार
x