दल

संसद् अवरोधको विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक जारी

इकागज |
साउन २६, २०८० शुक्रबार १५:४६ बजे

काठमाडौँ–संसद अवरोधको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । प्रतिपक्षले निरन्तर गरिरहेको अवरोध कसरी हटाउने भन्ने विषयमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा  कांग्रेस संसदीय दलको बैठक बसिरहेको हाे । 

बैठकमा सांसदहरुले संसद अवरोधका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । त्यसैगरी बैठकमा संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र संसदमा नेपाली कांग्रेसको प्रभावकारी भुमिकाको विषयलाई पनि एजेन्डा बनाइएको छ । 


बैठकमा बोल्ने सांसदहरुले बिहीवार पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको विषयमा पनि जिज्ञासा राखेका छन् ।

यस्तै बैठकमा बाढी, पहिरोले देशभर भएकाे धनजनको क्षतिको राहत, उद्दार तथा पुनःस्थापना, पशु चौपायामा लागेको लम्पी स्किन रोगको रोकथाम र किसानलाई राहत, डेंगी, एडिनो भाइरस कन्जन्टिभाइटिस(आँखा पाक्ने रोग) को रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ ।
 


Author

थप समाचार
x