दल

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो : कांग्रेस सांसद घिमिरे

इकागज |
साउन २६, २०८० शुक्रबार १७:५५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको बताएका छन् । शुक्रबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

शर्माले सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिनुपर्ने बताए । उनले संसद् चलिरहेका बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने भन्दै अनुसन्धानका लागि बयान लिने बाटो रोज्न सक्नेमा त्यसो नगरी गिरफ्तार गर्नुले प्रतिशोध साँधेको स्पष्ट हुने भनाइ राखे ।


सांसद घिमिरेले सांसदलाई संसद् चलिरहेका बेलामा पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए ।


Author

थप समाचार
x