दल

संसदमा बोल्न नदिए पार्टीभित्र विद्रोह गर्छु : कांग्रेस सांसद शर्मा

इकागज |
साउन २८, २०८० आइतबार २०:८ बजे

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् । सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए विद्रोह गर्ने धारणा राखेको जानकारी गराएका हुन् ।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यसअघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले विद्रोहीका रूपमा संसदमा बोल्नुपरेको खुलासा समेत गरे । सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


सांसद शर्माले आफूलाई सरकारले गैरकानुनी ढंगले थुनेकाले त्यसको विरोधमा उत्रनुपर्ने अवस्था आएको पनि दोहोर्याए ।


Author

थप समाचार
x