दल

गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : कांग्रेस सांसद शर्मा

इकागज |
साउन २९, २०८० सोमबार १६:४३ बजे

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

आफूलाई गैरकानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिए । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताए ।


गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिनासर्त राजीनामा दिनुपर्ने उनको माग छ ।

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिनापक्राउ पुर्जी पक्राउ गर्न पाइन्छ ? भनेर समेत पटकपटक प्रश्न गरे । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई/ दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताए ।


Author

थप समाचार
x