दल

सुर्खेत आएर प्रचण्डले भने ‘भ्रष्टाचार विरुद्धको नयाँ लडाईं सुरुवात भएको छ’

इकागज |
भदौ १४, २०८० बिहीबार १७:१७ बजे

सुर्खेत - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले भने ‘भ्रष्टचार विरुद्धको अभियान सुरु भएको छ, यो रोकिनेवाला छैन ।’ यस्तै उनले अब समाजवादी मोर्चाले देश निर्माणको यात्राको थालनी गर्ने पनि संकेत गरेका छन् ।

उनले भष्ट्राचारका मुद्धाहरुमा जोसुकैलाई पनि कारवाही गर्न निर्देशन दिएको बताएका छन् । ‘मैले सिआइवी र प्रहरीलाई यदी दोषी देखिन्छ भने माओवादीका नेता जो सुकै नेता भएपनि र गर्दै जाँदा बाटामा प्रचण्ड भटिएपनि नछोड्न निर्देशन दिएको छु ।’ प्रचण्डले भने । सरकारको रक्षाको लागि समाजवादी मोर्चा निर्माण भएको उनले बताए । प्रधानमन्त्री दाहालले भष्ट्राचारको विरुद्ध नयाँ लडाई सुरुवात भएको बताएका छन् । ‘यो रोकिनेवाला छैन । यसले दायाँवाया तेरो मेरो हेर्नेवाला छैन’ दाहालले भने, ‘गठबन्धन सरकार र मोर्चा एकढिक्का भएर अगाडि बढेका छौ ।’ जनयुद्धका माध्यमबाट आन्दोलनका भरमा गणतन्त्रको युगमा आएको भन्दै उनले यसलाई उल्ट्याउन षडयन्त्र भएको बताए । षडयन्त्रलाई परास्त गर्न बलियो मोर्चाको आवश्यकता रहेको उनको भनाई छ ।


‘जनयुद्धको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगियो । मधेसबाट सुरु गरेर लुम्बिनी हुँदै कर्णालीमा आएर मोर्चाको घोषणा गरेका छौ’ उनले भने, ‘मोर्चा निर्माण भएकोमा म जति खुसी को होला । हाम्रो अभियान यतिमा रोकिदैन । न्याय र सुशासनको पक्षमा एक भएर मोर्चाले लड्ने छौ ।’
उनले सिमान्तकृत नागरिकले पाएका अधिकार पनि खोस्ने षडयन्त्र भएको औंल्याए । ‘यस्ता षडयन्त्रलाई परास्त गर्नका लागि मोर्चाको तर्फबाट अहिले गठबन्धनका तर्फकाट हिजो र सरकारमा बसेर एउटा लडाईंको नेतृत्व फेरि गरेको छु’ उनले भने ‘मलाई लिनुपनि छैन दिनुपनि छैन जे छ देशका लागि राष्टका लागि बाँकी जीवन यतै लगाउनेछु , राम्रो कामको सुरुवात गर्छु राम्रो काम गर्दा गर्दै कल्ले हटाउँदो रहेछ ।’ समाजबादी मोर्चाको केन्द्र कर्णाली बन्न सक्ने उनले बताए ।


 


Author

थप समाचार
x