दल

सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : केसी

इकागज |
असोज ४, २०८० बिहीबार २१:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।​

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए । उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।


 

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

 


Author

थप समाचार
x