दल

'दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक'

इकागज |
असोज १५, २०८० सोमबार १९:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती रहेको बताएका छन् ।​ सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरू मिलेर टुंग्याउनुपर्ने बताए । उनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताए । उनले राजनीतिक दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए ।


नेता पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।


Author

थप समाचार
x