दल

'भ्रष्टचारको फाइल खोल्छु' भन्दै सरकार 'ब्ल्याकमेलिङ' गर्दैछः ओली

इकागज |
असोज १६, २०८० मंगलबार १५:५१ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।​

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्ल्याकमेलिङमा लागेको उनको आरोप छ ।


प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टाचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्ल्याकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्दा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्दा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’ 

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्ल्याकमेलिङमा लागेको भन्दै गम्भीर हुनु पर्ने जनाएका छन् ।  


Author

थप समाचार
x