दल

'प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठीक हाे, राजनीतिक तवरले प्रतिवाद गर्छौं'

इकागज |
असोज १८, २०८० बिहीबार १९:२३ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठीक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा यस विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठीक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन् । उनले केपी ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारिक धारणा हो जस्तो आफूलाई नलागेको धारणा राखे ।


उनले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टिआरसीका विषयमा सबै दलहरू सहमति नजिक रहेको बताए ।

पुनले शान्ति प्रक्रिया सबैका साझा विषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहने गरी शान्ति प्रक्रिया टुङ्गो लाग्ने जिकिर गरे ।


Author

थप समाचार
x