दल

इजरायलबाट विद्यार्थी ल्याएपछि ओलीले दिए सरकारलाई धन्यवाद

इकागज |
असोज २६, २०८० शुक्रवार ८:३९ बजे

फाइल तस्बिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् । 

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी द्वन्द्व फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् । 


‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौँ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर गएराति २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए ।


Author

थप समाचार
x