दल

धुम्बाराहीमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

इकागज |
असोज २६, २०८० शुक्रबार १५:१ बजे

काठमाडौँ–कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज ३ बजे सभापति देउवाको निजी निवास धुम्बाराहीमा बस्ने गरि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । 

बैठक के का लागि बोलाइएको भन्ने स्पष्ट नभए पनि कोशी प्रदेशको राजनीतिक घटनाका विषयम छलफल हुने एक नेताले बताए ।  गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापतिले पनि माओवादीलाई साथ दिन निर्देशन दिएका थिए ।


तर नेता शेखर कोइराला निकट कांग्रेस सांसद केदार कार्कीले पार्टीका केही सांसदसहित नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । कार्कीको यो कदम पछि कांग्रेसमा तरंग उत्पन्न भएको छ । 
 


Author

थप समाचार
x