दल

गठबन्धन केही नेताको ‘प्राइभेट क्लब’ जस्तो : गगन थापा

इकागज |
असोज २६, २०८० शुक्रबार १७:२६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लब जस्तो भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् ।


‘गठबन्धन पनि बिस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेला-बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु । त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने ।


Author

थप समाचार
x