दल

राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छः सांसद शर्मा

इकागज |
मंसिर ५, २०८० मंगलबार १६:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । 

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले केही सम्भ्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिबका आवाज उठाउन नदिएको बताए । उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाए । 


उनले भने, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुनकि राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्भ्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरुले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाइएको छैन । सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरेर त्यसलाई रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो । डेमोक्रेसीको विकल्प छैन । संसारको उच्चतम राम्रो व्यवस्था डेमोक्रेसी हो । अहिले नियन्त्रित डेमोक्रेसीको रुपमा लगिएको छ ।’

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए । 


Author

थप समाचार
x