दल

दुर्गा प्रसाईं समूहले मंसिर ७ मा बल्खुमा प्रदर्शन गर्ने, डेढ लाख मानिस उतार्ने दाबी

इकागज |
मंसिर ५, २०८० मंगलबार १६:५५ बजे

फाइल फोटो

काठमाडौँ - दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ । 

महाअभियानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रशासनको सुझावमा आफूहरूले काठमाडौंको बल्खुमा मङसिर ७ गते प्रदर्शन गर्न लागेको जनाएको हो । 


अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले बल्खुमा हुने कार्यक्रमका लागि डेढ लाख मानिसहरू काठमाडौं आइसकेको दावी गरे । उनले उक्त अभियान दुर्गा प्रसाईको मात्रै नभएकाले उनलाई मात्रै जोडेर हेर्न नमिल्ने बताए । त्यस्तै उनले युवा संघले समेत सोही दिन गर्न लागेको प्रदर्शनले आफूहरूलाई फरक नपर्ने र आफूले कसैसँग प्रतिष्पर्धा गर्न प्रदर्शन नराखेको उल्लेख गरे । 

प्रदर्शनअघि ललितपुर, काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट  र्याली गरि बल्खु पुग्ने महाअभियानले जनाएको छ ।

 


Author

थप समाचार
x