दल

युवा संघले निकाल्याे मशाल जुलुस

इकागज |
मंसिर ५, २०८० मंगलबार १९:९ बजे

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौँमा मशाल जुलुस निकालेको छ ।​ मंसिर ७ गते गर्न लागेको वृहत् प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

मशाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहीबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।


त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौँमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई सशक्त बनाउन निर्देशन दिएका थिए । 


Author

थप समाचार
x